वीरगन्जमा भेटिएका हैजा सङ्क्रमित मध्य ११ प्रतिशत बिरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ।
वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनलाई सघन कक्ष ( आइ.सी.यु) मा राखी उपचार भइरहेको वीरगन्जको विभिन्न अस्पतालको आइसियुमा भर्ना रहेकाहरूको रक्तचाप नभेटिएको, शरीरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदै गएको वीरगन्ज हेल्थ केयर अस्पतालमा सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिए।
उनले अत्यधिक रूपमा भएको झाडा पखालाका कारण बिरामीको शरीरमा पानीको मात्रा खतरनाक रूपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने बिरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए।
वीरगन्जको विभिन्न अस्पतालमाको संघन कक्ष (आइ.सी.यु) मा भर्ना रहेका बिरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन्।
वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ८ बजेदेखि मङ्गलवार बिहान ८ बजे सम्ममा झाडापखाला भएका ६२ जना नयाँ बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्।
शुक्रवार बेलुका देखि मङ्गलवार बिहान सम्म झाडा पखालामा ३ सय ९१ जना बिरामीले वीरगन्जका विभिन्न अस्पतालमा उपचार गएका छभने सो मध्य १ सय ७१ जना बिरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
बारा पर्सा लगायतका जिम्माबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका बिरामी मध्य ४४ प्रतिशत बिरामी निको भई घर फिर्ता भएका छभने बिरामी भर्ना हुने सङ्ख्यामा समेत कमी आएको चिकित्सकहरूले बताएका छन्।