नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो।
मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ।
मङ्गलवार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।