मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा सोमबार बिहान ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ३ वटा पसलमा पूर्णरुपमा क्षति पुगेको छ।
खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो।
आगलागीमा टीका खनालले सञ्चालन गर्दै आएको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा पूर्णरुपमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।