सरकारले काम सन्तोषजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूमा रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नवीन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ पनि कालोसूचीमा परेका छन्।
यसैगरी होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौँ, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ लगायत छन्।
यस्तै, कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौँ, सिताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालोसूचीमा परेका छन्।
काश्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि र अन्य सबै एक वर्षका लागि कालोसूचीमा परेका छन्।
कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।