गुरुकुल शिक्षा सदन बेलबारीका विद्यार्थीहरूले हालैका वर्षहरूमा इजरायलद्वारा प्यालेस्टाइन नगारिकहरुमाथि गरिएको नरसंहारको विरोध गर्दै प्यालेस्टाइनको समर्थनमा र्याली निकालेका छन्। र्यालीमा गुरुकुलका गरिब ३०० विद्यार्थीहरूको सहभागिता थियो। र्यालीले बेलबारी बजार परिक्रमा गरेको थियो।
२०२३ को अक्टोबर ७ को हमासको इजरायलमाथिको आक्रमणपछि इजरायली फौजले हमासमाथिको भनिएको शैन्य कारबाही करिब ६२,००० प्यालेस्टाइन नागरिकको मृत्यु भैसकेको छ।
जसमा करिब १८,००० निर्दोष बालबालिका छन्। इजरायलको शैन्य कारबाहीमा २ वर्षमा करिब १६०० स्वास्थ्यकर्मीको समेत मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसङ्घले इजरायलले गरेको हमलाका कारण प्यालेस्टाइनका करिब ९५५ विद्यालयहरू ध्वस्त भएको जनाएको छ।
हाल प्यालेस्टाइनको गाजामा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका खाद्य सहयोगलाई इजरायलले प्रवेश गर्न नदिएकोले भोकमारीको कारण हरेक दिन बालबालिका मरिरहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। केही दिन अघि मात्र प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घले भोकमरीको चपेटामा परेको औपचारिक घोषणा गरेको थियो।
र्यालीमा गुरुकुलका विद्यार्थीहरूले प्यालेस्टाइनहरुको मुक्तिका लागि नारा लगाउँदै इजरायललाई प्यालेस्टाइनहरुमाथिको नरसंहार तुरुन्त रोक्न र युद्दबिराम गर्न प्लेकार्डहरु प्रदर्शन गरेका थिए। र्यालीमा बिपिन जोशीको समेत रिहाइको माग गरिएको थियो।