नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएको छ।