सुनसरीको झुम्का कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ। 

लागूऔषध सम्बन्धी मुद्दामा थुनामा रहेका २८ वर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए।

लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए। भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका-१२ मा बस्दै आएका राई बुधबार बिहान अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो।

उपचारको क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताए।