नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।