मोरङको बेलबारी नगरपालिका-८ मा रहेको कान्तिपुर वासिङमा काम गर्ने क्रममा करेन्ट लागेर आईतवार दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा वीरगंञ्जका २५ वर्षीय ईद मोहमद अन्सारी छन्।
कान्तिपुर वासिङमा वेल्डिङको काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ।