उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ। धेरै जना हराइ रहेका छन्।
भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा सो दुर्घटना भएको हो। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।
उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए।
प्रत्यक्षदर्शीले स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको बताएका छन्। पानी परिरहेको थियो भने मेघ गर्जिरहेको थियो।
एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्ये कम्तीमा ८ जना बालक रहेको जनाइएको छ। प्रधानमन्त्री फाम मीन चिन्हले मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन्।