राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज (सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। 
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन्। 
प्रतिनिधिसभाको बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए। तर विरोधकाबीच सभामुखले कार्यसूची अघि बढाएपछि उनीहरूले बैठक बहिस्कार गरेर बाहिर निस्केको हुन्।