राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटना राज्यले राप्रपाले नभई राज्यको आतङ्कका कारण भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए। उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए।
सांसद जबराले आफूहरूले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए।
‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतङ्क हो। मञ्चमा राष्ट्रिय गान बज्दा समेत अश्रु ग्याँसको प्रयोग गरिएको छ। अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन। घटना हामीले गरेको होइन राज्य आतङ्कका कारण घटेको हो। दुर्गा प्रसाईँले पनि आतङ्क मच्चाएका होइनन् जनतालाई राज्यले नै भड्काएको हो। घट्नाको छानबिनको माग गरेका छौँ। सरकार छानबिन गर्न किन डराइ रहको छ,’ उनले भने।