इजरायल र इरानबीचको हवाई युद्ध छैटौँ दिनमा प्रवेश गर्दा बुधवार तेलको मूल्य वृद्धि भएको छ। जसले गर्दा आपूर्तिमा प्रणालीमा ठुलो अवरोध आउने त्रास बढेको छ।
जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०।४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५।१४ अमेरिकी डलर पुगेको छ। अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०।३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ।
क्षेत्रीय तनावको ठुलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठुलो मात्रामा हवाई आक्रमण सुरु गर्‍यो। त्यस दिन पछि इरानले प्रतिरोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ।