नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा बुधवार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले वृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।