नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन्। 
सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा।कोइरालाले लेखकको बचाउ गरेका हुन्।
लेखकले बैठकमा भिजिट भिसा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोप मात्र लागेको डा।कोइरालाको भनाइ थियो। बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरूलाई कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए।
बैठकमा डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईँले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा. शशाङ्कले बताए।
‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौँ। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन, हेर्छु मात्रै भन्नुभएको छ,’ उनले भने। तीन जना नेतालाई स्पष्टीकरण सोध्नै पर्ने डा. शशाङ्कको भनाइ थियो।