नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमति पत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ।
सोमबार काठमाडौँमा दुई दलबीच एकता सहमति पत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो। सहमति पत्रमा हस्ताक्षर भएसँगै पार्टी समायोजन सम्बन्धी निर्णयहरू समेत भएको छ। निर्णयहरू पाँच बुँदामा पेश गरिएको छ।
१. पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुनेछ।
२. पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ।
३. समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरूप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपहरूलाई अवलम्बन गरिनेछ। तत्कालको कार्यनीतिक विषयहरूमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ।
४. पार्टीमा विचारको स्वतन्त्रता र काम कार्यवाहीमा एकरूपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरूप पार्टीलाई सञ्चालन गरिनेछ। कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पक्तिभित्र छलफल गर्न सकिने छ।
५. पार्टी समायोजनको नेतृत्व गर्नुभएका क.गंगानारायण श्रेष्ठलाई नेकपा माओवाद केन्द्रको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारी सहितको कार्य विभाजन गरिनेछ।