नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरूलाई अनावश्यक दुःख दिने गरेको बताएका छन्।
आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरूलाई अपराधीको रूपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु। अध्यागमन प्रविधिमैत्री पनि छैन। आधुनिक पनि छैन। यात्रुहरूलाई अपराधीहरूको रूपमा व्यवहार गरिन्छ। यात्रीहरूले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न। भन्सारमा यात्रीहरूलाई अनावश्यक दुःख दिइन्छ। विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन।’
उनले विमान स्थलमा सञ्चालन गरिएका पसलहरू अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए।