नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्ध विरामको घोषणालाई स्वागत गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्ध विरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लङ्घन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन्।
उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्ध विरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लङ्घनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारितापूर्वक कार्यान्वयन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैँको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतङ्कवादको समाप्ति नै प्रथम आवश्यकता हो। झन्डै सयौँ आतङ्ककारी सङ्गठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रूपमा एकजुट रहेको र आतङ्कवाद विश्व शान्तिको लागि प्रमुख खतराको रूपमा रहेकोमा कुनै पनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’
साथै उनले आतङ्कको कालो बादल यो क्षेत्रबाट सधैँको लागि समाप्त हुन सक्नुपर्ने सुझाव दिए।