"आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार" भन्ने मूल उद्देश्यका साथ बेलबारी नगरपालिका वडा नं. ३ मा बाँसको हस्तकला सम्बन्धी तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने बाँसका फर्निचर बनाउने तालिम सम्पन्न भएको  हो।

तालिम संघीय सरकारको बजेट सहयोगमा सञ्चालन गरिएको हो। उक्त कार्यक्रम अन्तर्गत बाँसका फर्निचर बनाउने र साबुन, फिनेल, सरफ तथा हार्पिक बनाउने गरी दुई समूहमा तालिम सञ्चालन गरिएको थियो। 

तालिममा सहभागी जबर सिंह गुरुङले तालिम सुरु हुनु अघि ७ दिने उद्यम विकास सम्बन्धी आधारभूत तालिममा सहभागी भएको जानकारी दिए। उनले भने, प्रशिक्षकले जानेका सबै कुराहरू हामीलाई सिकाइ दिनुभयो, १५ दिनको अवधिमा हामीले बाँसबाट बन्ने १७–१८ प्रकारका सामग्री बनाउन सिक्यौं।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिल प्रसाद राईले तालिमको उद्देश्य रोजगारी सिर्जना र आम्दानीको स्रोत वृद्धि गर्नु रहेको बताए।नगर प्रमुख राईले  पेशा व्यवसाय न भएका व्यक्तिहरूलाई वडा कार्यालयमार्फत छनोट गरी पहिलो चरणको तालिम प्रदान गरिएको हो। तालिमसँगै सहभागीहरूलाई आवश्यक औजारहरू पनि वितरण गरिएको बताए ।राईले आगामी वर्ष यही समूहलाई एडभान्स तालिम प्रदान गरिने र उनीहरूलाई व्यवसाय सञ्चालनका लागि बिउ पुंजी स्वरूप आर्थिक सहयोगसमेत नगरपालिकाबाट प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।  

उक्त १५ दिने तालिममा सहजीकरण पदम फुयालले गरेका थिए।  समापन कार्यक्रममा बेलबारी नगरपालिका कि नगर उप-प्रमुख नितु थापा कोइराला ,बेलबारी वडा न ३का कार्यबाहक वडा अध्यक्ष  चन्द्र बहादुर  राई ,वडा सदस्य भोगेन्द्र राई ,महिला वडा सदस्य बिमला तामाङ्ग लगायत को उपस्थिति रहेको थियो।   DSC02139DSC02151

DSC02147DSC02204