उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा विद्युतीय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। 
वैशाख २३ गते अपराह्न उदयपुरको कटारी नगरपालिका-८ का मान बहादुर मगरको १२ वर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जङ्गलमा बाख्रा चराउन गएको अवस्थामा वर्षासँगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो। सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकास राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लासको पोष्टमार्टम पश्चात् आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।