उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यु भएको छ।
वैशाख २३ गते बिहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका=१ का ५२ वर्षीय मकर जङ्ग राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भनी अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्धारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।