वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। 

लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो।

साहित्यकारसमेत रहेका नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ।

उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्री पनि भएका थिए। उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए। एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए । उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए।