धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
वैशाख २२ गते बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा अनियन्त्रित भई को.१ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरू घाइते भएका थिए।
घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो।
बसमा सवार रहेका अन्य ११ जना यात्रीहरूको उपचार भइरहेको छ।