उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ।

सोमबार राती सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस त्रियुगा नदीमा आएको बाढीले बगाएको हो।

प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल रहेका छन्। न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान-बेल्टार रूटमा चल्‍ने गरेको थियो।