स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित परराष्ट्र नीति नै भएको बताएका छन्।
मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्‍याउँछ, नेपाली जनतालाई कहाँ पुर्‍याउँछ भन्दै प्रश्न गरेका हुन्।
उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्‍याउँछ, नेपाली जनतालाई कहाँ पुर्‍याउला ? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो  असन्तुलित परराष्ट्र नीति हो।’
साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए। उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे।
उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ। कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ। नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ। यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’