नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ। आज शनिवार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो।
बैठकमा सरकारले शुक्रवार संसदमा पेस गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिने छन्।
नेपाली कांग्रेस संसदीय दलको बैठक पनि सोही समयमा नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्दै छ।