नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन्।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन्।
उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन। हासिल गरेका छौँ। अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा सफल भएको छ। अव यसमा अनौपचारिक क्षेत्रलाई हामीहरूले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्ने चुनौतीको विषय भएको छ। यसलाई गम्भीर रूपमा लिएर अगाडि जानु छ। मैले धेरै प्रयास गरेँ। नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो तर अझै श्रमिक आयोग बनाउन सकेको छैनौ। यसका लागि नेपाली कांग्रेस सधैँ तयार रहिरहन्छ।’
उनले होटेलमा कार्यगत श्रमिकहरूले सेवा शुल्क बापत पाउने १० प्रतिशतका लागि कानुन बनाएर अगि बढ्नुपर्ने बताए।
‘होटलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ। उहाँहरूले धेरै ठुलो कुरा माग गर्नुभएको छैन। कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतको पनि भनेको छ। त्यसका लागि नेपाली कांग्रेस कानुन बनाउन अगाडि बढ्छ,’ उनले भने।