मानिसलाई विभिन्न किसिमका रोगहरुको देखा पर्छन्। शरीरको कुन अंगमा कस्तो समस्या देखिएको हो सोही अनुसारको समस्याहरु देखिने गर्छ। छाती सम्बन्धि समस्या छ भने श्वासको समस्या देखिन्छ। मुटुको छ भने मुटु दुखाइ होला। ब्रेनको छ भने बेहोस हुने समस्याहरु देखिएला। फोक्सोको समस्या देखियो भने घ्यारघ्यार होला। त्यसैगरी, पेटको समस्या भन्दा पेटको भित्र अंगहरुमा समस्या देखिन्छन्। पेटमा पनि लिभर जण्डीसदेखि लिभर क्यान्सरसम्म हुने जटिलताहरु देखिन्छन्। सोही अनुसारको इन्फेक्सन हुने वा घाउहरु हुने गर्छ।
हामीले सेवन गर्ने खानेकुरा कसरी प्रवाह हुन्छ भन्ने कुराले विशेष अर्थ राख्छ। खाना हाम्रो छातीको भित्रबाट खाना नली अर्थात भोजन नलीबाट पेटसम्म पुग्छ। पेट भनेको एउटा ब्याग हो। त्यसमा खाना डाइजेस्ट हुन्छ। त्यहाँ केही गडबढ भयो भने ग्याष्ट्रिक हुन्छ। त्यो हुने भनेको खानाको नली र पेटको समस्याले हुने हो। त्यहाँ पोल्ने एसिड बढी भयो भनेपनि समस्या आउँछ। एसिड नभए खाना पच्दैन। तर त्यही एसिडले बिरामीलाई नोक्सान गर्न थाल्यो भने त्यसलाई ग्यास्ट्रिक भनिन्छ।
खाना त डाइजेस्ट भएर तल आन्द्रामा जानुपर्ने हो, ठूलो आन्द्रामा जानुपर्ने हो। तर माथि खाना नलीमा उल्टो ढंगले माथि(माथि आउन खोज्ने र अनि पोल्छ। घाउ हुन सक्छ। खाना नली क्यान्सर हुन सक्छ। यो सबै ग्यास्ट्रिकले गर्दा हुन्छ। विरामीले यस्ता कुराहरु बुझ्दैनन्। यो खाना नलीको हो कि पेट दुखाइको हो भन्ने थाहा नपाउन सक्छन्। आन्द्राहरुको हो की लिभरको हो कि त्यसमा क्यान्सर भएर यस्तो भएको हो भन्ने कुरा ठम्याउन विरामीलाई गार्हो हुन्छ। धेरै घाउ नै घाउ भएर अल्सर भएको पनि हुनसक्छ। त्यसैले यसका विभिन्न समस्याहरु देखिन सक्छ। टिभी पनि हुन सक्छ। यी सबै कुरालाई विरामीले ग्यास्ट्रिक नै भन्छन्। उहाँहरुको बुझाइमा पेटमा भएको कुनैपनि दुखाइलाई ग्यास्ट्रिक नै हो भन्ने लाग्छ।
त्यसैले विभिन्न जाँचहरु गर्नुपर्छ। भिडियो एक्सरे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, रगतको जाँचहरु गरेर रोग छुट्याउनुपर्ने हुन्छ। ती रोगहरु खाना नलीको हो कि, सानो आन्द्रा ठूलो आन्द्रा, खाना नपच्ने, डाइरिया आदी के हो पत्ता लगाउनुपर्छ। अर्थात् दिसामा रगत मिसिएर आयो भने त्यो कस्तो समस्या हो पत्ता लगाउनुपर्छ। कुन अंगको के रोग हो। जाँचेर त्यसलाई हामीले छुट्याउनुपर्छ।
ग्यास्ट्रिकमा हुनुको पछाडि खानपिनको असर पक्कै पनि हो। तर यो विराम धेरै तरिकाले हुनसक्छ र धेरैतिर असर पनि गर्छ। मस्तिष्कको रोग हुन सक्छ। कसैको मुटुमा समस्याहरु देखिन सक्छ। कसैले क्यान्सरको जिन लिएर आएको हुन्छ। तर यो ग्यास्ट्रिकको विश्वभर नै छ।
यी कुराहरु मैंले अष्ट्रेलियाको विश्वविद्यालयमा पढेर थाहा पाएको हुँ। सरकारले नै छात्रवृत्ति दिएर पठाएकाले म माथि सरकारको पनि ठूलो लगानी छ। त्यसैले पनि देशको लागि केही गरौं भन्ने लागिरहन्छ। ग्यास्ट्रिकको समस्या सबै ठाउँमा भएपनि नेपालमा केही बढी नै छ।
खानपानको कुरा गरिरहँदा नेपालमा रक्सी सेवनबाट हुने असरका बारेमा नेपालीहरु सजक छैनन्। अनियन्त्रित रक्सी सेवन गर्ने चलन छ हामी कहाँ। रक्सी त अरु देशमा पनि खान्छन् तर उनीहरुको सजक छन्। रक्सीले असर गर्न थाल्यो भने, लिभर वा रगतमा असर देखिन थाल्यो भने कतिपयले रक्सी सेवा छाडिदिन्छन्। तर नेपालमा रक्सी नछाड्ने चलन छ। ग्यास्ट्रिकमात्र भनेर रक्सी सेवन गरिरहने तर लिभर फेल भइसकेको ख्याल नगर्ने चलन छ। त्यसपछि मान्छे बेहोस हुने, बान्ता भएर रगत निकाल्न थाल्ने भएकाले त्यो खतरा हुन थाल्छ।
त्यस्तै, हामी स्पाइसी खानेकुरा धेरै खान्छौं। त्यसले रोगी त बनाउने नै भयो ग्यास्ट्रिकपनि असर देखाउन थाल्छ। अर्को कुरा भनेको पानीमा हाइजिन जियाडियाको इन्फेक्सन धेरै हुन्छ। धेरै पटक जियाडिया हुने भएकाले इन्फेक्सन देखिन्छ। दुखाइ बढी हुन्छ र ग्यास्ट्रिक बढ्छ। हामीले त्यसमा ध्यान दिँदैनौं। जियाडियाको उपचार गर्यो भने तुरुन्तै ठिक हुन्छ तर त्यो हुँदैन।
आमा दुध अमृत हो नि। तर त्यही दुध खाएर खाना नलीमा एसिड माथि फर्किएको मान्छेले दुध खाँदा छटपटिंदो रहेछ। त्यसैले त्यस्तो व्यक्तिले खान हुँदैन। तर यस्तो होइन कि दुध कुनै विरामीले खान हुँदैन। त्यसैले नेपालमा खानपिनले पनि फरक पार्ने गरेको छ। तर मोटामोटी विश्वभर जे छ ग्याष्ट्रिकको रोग हाम्रोमा पनि त्यस्तै नै छ।
ग्यास्ट्रिक नहुने कोही नेपाली छैन भन्ने उखान नै छ। ग्यास्ट्रिक भएर अल्सर भयो मानौं रगत निस्कियो या आन्द्रा फुट्यो, आन्द्रा ब्लक भयो या ठूलो आन्द्रा फुल्यो भने त्यो खतरा हुन्छ। उमेर समूह अनुसार फरक पार्छ। दिसामा रगत मिसिने समस्या बच्चाहरुमा धेरै देखिन्छ। उमेर अनुसार १५–२५ समूहमा धेरै हुन्छ। त्यसपछि फेरी ६०–७० को उमेर गु्रपमा हुन्छ। लिभर क्यान्सर, पीत्त थैलीको क्यान्सर प्राय कम उमेरमा हुँदैन। ६०–८० को उमेरमा हुन्छ। तर पछिल्लो समय २०–२५ बर्षको उमेरमा क्यान्सरहरु देख्न चाँही थालेको छौं। सायद त्यो खानपिनकै कारणले होला। चिल्लो कम खाने गर्नुपर्छ। हामीले खाने भात दाल तरकारी धेरै राम्रो छ। विस्तारै मःम मनपर्ने खाना हुन थाल्यो। कहिलेकाहीं मःम खायो, सँगसँगै भात दाल तरकारी खायो भने राम्रो हुन्छ। तर चिल्लोचाप्लो मासु खायो भने आन्द्रामा असर पर्दै जान्छ। बुढो उमेरमा क्यान्सर हुने, बच्चाहरुमा जियाडिया इन्फेक्सनहरु बढि हुने गर्छ। यसरी उमेर अनुसार फरक छ।
ग्यास्ट्रिक हुनै नदिन वा लिभरमा हेपटाइटिस्ट ‘बि’,‘सि’, भाइरस जण्डिस हुनबाट रोक्नपर्छ। ग्यास्ट्रिकको असर कम गर्न खानपिनमा ध्यान दिने, पानी निरन्तर पिउने गर्नुपर्छ। एकैपटक धेरै पानी पिएर पनि हुँदैन। तर समय समयमा पिइरहनुपर्छ र त्यसले एसिडलाई पुस गर्न सक्छ। हरियो सागसब्जी एवम फलफुलहरु खाने गर्नुपर्छ र पेट धेरै समय खाली राख्नु हुँदैन।
ग्यास्ट्रिकले आन्द्राहरुमा घाउ हुने, आन्द्राभूडिबाट बाहिर निस्केर पित्तनलीलाई बिगार्ने काम गर्छ। लिभरलाई विगार्न थाल्छ। आँखालाई बिगार्न थाल्छ। त्यसले हाम्रो छालालाई बिगार्न थाल्छ। हाम्रो जोइन्टहरुलाई बिगार्न थाल्छ। सिस्टेमिक इफेक्ट देखिन्छ। क्यान्सर भयो भने अन्त फैलिएर जान सक्छ। लिभरमा फैलिएर आउँछ अरु अंगमा पनि फैलिएर जान सक्छ। लिभर नै फेल भयो भने किड्नी बिग्रन थाल्छ। मस्तिस्कमा असर पर्छ।
बेहोस हुने समस्याहरु देखिन थाल्छ। मस्तिस्कमा, मुटुमा पनि असर हुन थाल्छ। फोक्सोमा असर पर्छ र अक्सिजन दिन अप्ठ्यारो हुन सक्छ। मुटुको शक्ति कमजोर हुन थाल्छ। मसल्सहरु कमजोर हुन सक्छ। पेटमा पानी जम्मा हुन सक्छ। यसरी पेटको विरामी पेटमा नै बस्दैन। पुरै शरीरमा असर गर्न सक्छ।
उपचारमा औषधी सेवन गर्नुपर्छ। एसिड घटाउने एन्टाएसिडहरु छन्। ब्याक्टेरियाका रुपमा अल्सर ब्याक्टेरिया, हेलिकोब्याक्टर, पाइलोरी ब्याक्टेरिया मार्ने एन्टिबायोटिकहरु पाइन्छ। एमासोक्लिसलिनहरु छ, प्रोटोन पोम्प एनिभिटरहरु छ, अरु किन्डाजोरहरु छ। त्यो औषधी दुई हप्ता सेवन गर्यो भने धेरै सहज हुन्छ। ब्याक्टेरिया मरेपछि अल्सर नै हुँदैन र ठुलो ठुलो अपरेसन नै रोकिन्छ। एउटा उपचार पद्धति त्यो पनि हो। अर्को लिभरको हेपटाइटिस् ‘बि’ को राम्रो उपचार हुने गरेको छ। हेपटाइटिस् बि को कारण लिभर बिग्रियो उपचार गरेन भने मृत्यु हुन्छ। तर ट्याब्लेटले पुरै ठिक नहोला तर कन्ट्रोल हुन्छ। अहिले हेपटाइटिस् ‘सि’ भन्ने भाइरस छ त्यसको औषधी ३ महिनादेखि ६ महिना सेवन गर्दा पुरै निको हुन्छ।
अनइन्टाफेलिमिटि सलाइमिनहरु छन् तिनीहरुले पनि कन्ट्रोल गर्छन्। अझै भएन भने इन्फ्याक्सिमालगायत धेरै ड्रगहरु छन्। पहिले अपरेसनबाट मात्र हुन्थ्यो अहिले ट्रिटमेनबाटै हुन्छ। अर्को मेसिनको प्रविधि छ खाना नलीमा राखेर रगत बगिरहेको बन्द गर्न सकिन्छ। पुरै छाती चिर्ने र पेट चिर्न जरुरी छैन। सिधै मेसिनबाट फिट गर्न सकिन्छ। क्यान्सर तिब्र गतिमा फैलिएको छैन भने निकाल्न सकिन्छ। खाना अडकिएको छ भने पहिले चिर्नुपथ्र्यो अहिले इन्डोस्कोपिबाट मसल काटेर गरिन्छ।
एड्भान्स रुपमा एआरसी मेसिनमार्फत पनि उपचार गर्न सकिन्छ। अष्टे«लियामा ०९१÷९२ मै लिभर ट्रासप्लाट हुन्थ्यो। तर नेपालमा यस्तो सिस्टमको विकास होलाजस्तो लागेको थिएन्। तर अहिले ११ जनाको खतम भइसकेको लिभर झिकेर आफन्तले आधा लिभर दिएकाले फिट छन्। लिने पनि फिट छन्, दिने पनि फिट छन्। टिभी रोग पनि समयमै पहिचान गर्यो भने ६ महिनादेखि एक वर्षसम्म औषधि सेवन गरे ठिक हुन्छ। रोग पहिचान गर्नपनि मेसिन, ट्याब्लेट, इन्जेक्सन, अपरेसनबाट गर्न सकिन्छ। खाना कन्ट्रोल गर्न सकिदैन तर अल्कोहलबाट बच्नुपर्छ। अल्कोहल हाम्रो शत्रु हो। फास्टफुड, मसालेदार खानाले पनि असर गर्छ। खानेकुरामा हाम्रो परम्परा दाल, भात, तरकारीलाई प्रयोग गर्नुपर्छ। फास्टफुड प्रयोग गर्नैपरे नियमित नहोस् भन्नेका सचेत हुनुपर्छ।
ग्याष्टिक भनेको एकसय प्रतिशत पुरै ठिक हुँदैन। तर ठूला रोगहरु मिस गर्नु भएन। क्यानसहरु, अल्सरहरु, कोजडिजिड मिस गर्नु भएन। त्यसपछि पोल्ने, दुख्ने भएपछि बिरामीलाई सचेत गराइ बुझाउनुपर्छ। पोल्यो, दुख्यो धेरै भयो भने ट्याबलेट एसिड घटाउने गर्नुपर्छ। पानी पिएर मिलाउन सकिन्छ।