नेपाल लेयर्स कुखुरा पालक सङ्घले कुखुराको अण्डाको मूल्य बढाएको छ। 
सङ्घको शनिवार सम्पन्न छलफलले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।
ठुलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०, मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ। 
यसअघि  ठुलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो।  
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठुलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ। 
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ।