आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार घटेको हो।
बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय कायम भएको महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार तीन सय २५ अमेरिकी डलर कारोबार भइरहेको छ।