पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ८ सृजना चोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतबार राती करिब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन्।
पक्राउ परेका अभियुक्त बागलुङ नगरपालिका वडा नं।४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरू खाए पश्चात् म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पौडेलका विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।




















