नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ। यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।