राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। 
गत चैत १५ गते काठमाडौँको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार राणाको स्वास्थ्यमा समस्या भएपछि उनलाई श्रीमतीको जिम्मा लगाइएको छ। प्रहरीले नेता राणाको क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै श्रीमतीको जिम्मा लगाएको हो।