काठमाडौँका निधेषधित क्षेत्र केन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिजुली बजार केन्द्रित भएको छ।
प्रदर्शन बिजुली बजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ। निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो।
ठुलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहे पनि हाल विजुलीबजार केन्द्रित भएको छ। तर राप्रपाका सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरिरहेका छन्।
यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ।
माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यति बेला डाईभर्सन गरी चलाइएको छ। उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्ण पाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो।
गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भई पक्राउ परेका नेताहरूको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ।