१५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ।
बुधवार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरूले आन्दोलन जारी राखेका हुन्।
मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।