नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व. चन्द्रप्रसाद न्यौपानेको धेरै ठुलो योगदान रहेको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित स्व।चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली काँग्रेसको एक निष्ठावान्, सङ्घर्षशील र लोकतन्त्रवादीको रूपमा चिनेको बताए।
उनले भने, ‘स्व. नेता चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली काँग्रेसको एक निष्ठावान्, सङ्घर्षशील र लोकतन्त्रवादीको रूपमा चिनेको छु। नेपाली राजनीतिमा र प्रजातान्त्रिक आन्दोलनमा धेरै ठुलो योगदान दिनुभएको छ।’
न्यौपानेले नपाली काँग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटक पटक जेल जीवन समेत बिताएको स्मरण गरे।
त्यस्तै, कांग्रेसका नेता मिनेन्द्र रिजालले चन्द्रप्रसाद न्यौपानेसँग आफ्नो पारिवारिक सम्बन्ध पनि रहेको भन्दै उनी एकदम सरल, शालिनपूर्ण र निष्ठावान् व्यक्तित्व भएको बताए। कांग्रेसले उनलाई महत्त्वपूर्ण रूपमा सम्झनुपर्ने धारणा राखे।
‘एकदम सरल, शालिनपूर्ण र निष्ठावान् व्यक्तित्व नेता चन्द्रप्रसाद न्यौपाने हुनुहुन्थ्यो। कांग्रेसले उहाँलाई सधैँ एउटा नेताको रूपमा महत्त्वपूर्ण रूपमा सम्झनुपर्छ ’उनले भने




















