मोरङ र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ०२ गते विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० वर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी, सुनसरी वराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय विकास भण्डारी र २३ वर्षीय सुशील शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ वर्षीय जोक बहादुर राई, उनको छोरा ३० वर्षीय सुमन राई र सोही अटोमा सवार धनकुटा साँगुरीगढी-३ का ३६ वर्षीय सुरज लिम्बुलाई १९ किलो लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ।