युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालका जनजाति समुदायहरूमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना भएको बताएका छन्।  
जनजाति कल्याण आश्रम, नेपालको १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खजाना निहित जनजाति समुदाय भए पनि दुर्भाग्यवश : शिक्षा र सुविधाको अभावले ती समुदायहरू पछाडि परिरहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो देशको समृद्धिको भविष्य शिक्षामा होइन। शिक्षाले मात्रै सबै कुरा पुरा गर्न सक्दैन। यो शिक्षालाई संस्कारयुक्त शिक्षा बनाउन सक्नुभयो भने मात्रै निहित हुन सक्छ। नेपालका जनजाति समुदायहरूमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना निहित छ। तर दुर्भाग्यवश: शिक्षा र सुविधाको अभावले ती समुदायहरू पछाडि परिरहेका छन्।’
साथै उनले देशका सबै बालबालिका केवल परिवारका मात्रै नभैइ उनीहरू साझा भविष्यदिप भएको बताए। उनले बालबालिकाहरूलाई उज्याले बनाउने जिम्मेवारी हामी सबैको रहेको बताए। 
उनले भने, ‘देशका सबै बालबालिका केवल परिवारका मात्रै  होइनन्। उनीहरू हाम्रा साझा भविष्यदिप हुन्। जसलाई उज्याले बनाउने जिम्मेवारी हामी सबैको हो। शिक्षा, दिक्षा र संस्कार बालबालिकाहरूलाई दिइने केवल अभिभावकको कर्तव्य मात्रै होइन यो सम्पूर्ण समाजको धर्म हो।’