हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रस्तुति दिने भएका छन्। 

यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि त्यता जाने उनले जानकारी दिए।

बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा भेटघाट तथा सांगितिक प्रस्तुती रहने उनले बताए।

उक्त कार्यक्रममा विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा सहयोग गर्ने छन्।

कार्यक्रमलाई समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसायी दिपेन्द्र इसारा राई र मिना राई ,समाजसेवी तथा उद्यमी विमल ज्ञवालीसहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने बताइएको छ।

कलाकारितामार्फत दिनदुखीलाई सहयोग समेत गर्दै आएका उनी क्यारिकेचरमार्फत चर्चा कमाउँदै आएका छन्।