रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ।
बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ। सो क्रममा २०० युक्रेनी ड्रोनहरू खसालेको दाबी मन्त्रालयको छ।
मन्त्रालयले युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का बस्तीमा रुसी सेनाले नियन्त्रणमा लिएको जनाएको छ।
सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले विगत २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको जनाएको छ।
कुस्र्क क्षेत्रमा, युक्रेनी सेनाले रुसी सेनाबाट १९ आक्रमणहरूलाई विफल बनाएको जनाएको छ भने रुसका विभिन्न क्षेत्रहरूमा रहेका ऊर्जा सुविधाहरूमा ११ आक्रमणहरू गरेको जनाएको छ।