राजावादीहरूले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ।
प्रसाईँका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौँ ल्याइएको छ। उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रवार काठमाडौँ ल्याइएको हो।
भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो। त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए । 
चैत १५ गते काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए।