नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैत शुक्रबारमा हुने निर्वाचनका लागि २ वटा छुट्टा छुट्टै समुह बनाएर चुनावि मैदानमा होमीएका छन्।
दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन्। दुबै समुहले बुधबार अन्तिम चुनावी कार्यक्रम सम्पन्न गरे। बुधवार गुरुङ समुहले यति पार्टी प्यालेस र गेलाल समूहले बसुन्धारा ब्याङ्कटमा कार्यक्रम गर्दै आ आफ्नै समूहले जित्ने दाबी गरे। उनीहरुले काठमाण्डौंका विभिन्न स्थानमा शक्ति प्रदर्शन सहित चुनावी सभाहरु निरन्तर गरीरहेका छन्। दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका छन्। बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका छन्।
चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन्।
अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए।
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेको बताए। उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे।
प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेको भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए।
द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक देव खोखालीले वैदेशिक रोजगारपीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेको जनाए।
तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा.लि.का संचालक हर्क लिम्बूले इमानदार र कर्तव्यनिष्ठ व्यवसायीका समस्या समाधान गर्ने भन्दै सिंगो प्यानललाई मत दिन आग्रह गरे।
महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टेकाउने सुनिश्चितता निर्माण गर्नु वर्तमानको सबैभन्दा महत्त्वपूर्ण विषय रहेको बताए।
सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रा.लि.का सञ्चालक कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमानदार, बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले व्यवसायीले उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे।
अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा आफू चुनावी मैदानमा आएको बताएका छन्।
संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्याउने गेलाल समुहको प्रतिबद्धता छ।
प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए।
दितिय उपाध्यक्षका उम्मेदवार मधुकर रिजालले आफूले ब्याबसायिक हकहितको लागिनै उम्मेदवारी दिएको बताए।
गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा.लि.का सञ्चालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा.लि.का सञ्चालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का सञ्चालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा.लि. का सञ्चालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा.लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन्।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा.लि.का सञ्चालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा.लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की सञ्चालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा.लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा.लि.का सञ्चालक कामेश्वर साह राहुल, सिगुल ओभरसिज प्रा.लि.का सञ्चालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक युवराज देवकोटा र गल्फ एसिया मेनपावर प्रा. लि.का सञ्चालक राजेश यादवले उम्मेदवारी दिएका छन्।
२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ।
संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन्।