नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दै छ।
खेल बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने छ।
प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन्। आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ।
चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ।
जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौँ रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन्।