झापा र धनकुटाको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत्र ०५ गते झापा मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हिरोइन सहित पक्राउ गरेको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिकलाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल, स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्की सहित नियन्त्रणमा लिएको हो।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भईरहको छ।