रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन्। पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन। जीवनी लेख्नु ठूलो कुरा होइन। हामी इतिहास लेख्ने यात्रामा छौं,’ सभापति लामिछानेले भने।
देशमा परिवर्तनका लागि ऐतिहासिक जनमत प्राप्त गरेको बताउँदै उनले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको बताए। उनले सांसदहरुलाई आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न निर्देशन समेत दिए।




















