उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।
बेल टार बजारस्थित लक्ष्मीनारायण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए।
उनका अनुसार आगलागीबाट लक्ष्मीनारायणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ। छिमेकी नगरपालिका त्रियुगा, चौदण्डी गढीका दमकल, प्रहरी तथा स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण खुलेको छैन। आगलागीबाट ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ।