नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन सभापति गगनकुमार थापालाई चुनौती दिएका छन्।
आइतबार देउवा समूहले धुम्बाराहीमा राखेको छलफलमा सहभागी भएका उनले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन थापालाई चुनौती दिएका हुन्।
‘हिम्मत भए लेटरप्याड दुरुपयोग काण्डमा पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाऊ, ‘बलायरले चेतावनीको शैलीमा, ‘तर उक्त कारबाहीपछि आउने परिणाम पनि भोग्न तयार रहनू।’
बलायरले पार्टीभित्रको सङ्घर्ष र त्याग सानेपाको पदमा रहेकाहरूको भन्दा धुम्बाराही बैठकमा बसेका नेताहरूको ठूलो रहेको बताए।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि पुगेको सबै ठाउँमा जमानत जफत भएको आरोप पनि उनले लगाएका छन्।




















