सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा  बसमा आगलागी भएको छ। मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो।

आगलागी हुँदा को. १ख ६२७४ नम्बरको कृष्ण बस, प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात र बा. ४ ख ५७५९ नम्बरको  पाथिभरा दर्शन बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। उनका अनुसार को १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ।

डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ।