"सिर्जनशील हात, वैज्ञानिक सोचः विद्यार्थीको प्रगतिको नयाँ खोज" भन्ने नाराका साथ मोरङ जिल्लाको बेलबारी नगरपालिकाद्वारा आयोजित ३ दिवसीय विद्यालय तह विज्ञान प्रदर्शनी कार्यक्रम २०८२ माघ ६ देखि ८ गतेसम्म सञ्चालन भइरहेको छ।

WhatsApp Image 2026-01-22 at 11.55.41 AMबेलबारी ११ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्रङगणमा स्टलहरु निर्माण गरी सञ्चालनमा रहेको उक्त कार्यक्रममा नगरपालिका भरिका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरु सहभागी रहेका छन्। उक्त विद्यालयहरुका विद्यार्थीहरुद्वारा निर्मित विज्ञानका सामग्रीहरु निक्कै आकर्षक र विद्यार्थीहरुको साँच्चैको सिर्जनशीलता उजागर हुने खालको देखिएको छ। उक्त नगरपालिकाको ९ नम्बर वडा डाँगिहाट स्थित काली माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शनीमा राखेको अप्टिकल फाइबरको आधुनिक दूरसञ्चारमा रहेको भूमिका र यसको राष्ट्रिय तथा विश्व सञ्जालको व्यवहारिक प्रोजेक्ट निकै प्रभावकारी रहेको अवलोकनकर्ताहरुको प्रतिक्रियाबाट जानकारी भएको छ।

WhatsApp Image 2026-01-21 at 11.31.45 PM (1)प्रदर्शनीमा राखिएको उक्त प्रोजेक्टमा हस्तकलाको राम्रो सदुपायोग गरी बिश्व नक्सा चित्र र नेपालको नक्सा चित्र तयार गरी स्तरीय रङरोगनका साथ तयार पारिएको छ। पहिलो भागमा बिश्व नक्सा चित्रमा टाएर-१ कम्पनीहरुले महासागरहरुको पानी मुनि जमिनको सतह भएर बिच्छाइएको अप्टिकल फाइबर केवलले महादेशहरुलाई एक अर्कामा इन्टरनेट माध्यमले जोडाउन, टाएर-१ कम्पनिहरुले टाएर-२ कम्पनीहरुलाई देशमा इन्टेरनेटसेवा प्रदान गर्ने प्रकृया फाइबर केवल, डिजिटल लाईट र “Fluid And Air Bubble Flow Under Air Pressure" प्रयोग गरी सरल तवरले बुझाउने गरी निर्माण  भएको छ।

WhatsApp Image 2026-01-21 at 11.31.45 PMदोश्रो भागमा नेपालको नक्सा चित्रमा नेपालामा अप्टिकल फाइबरको जग बसाउने नेपाल दूरसञ्चार प्राधिकरणले सन् १९९५ प्रयोग गरेको नेपालकै पहिलो बिस्तार र नेपाल बिधुत प्राधिकरणले आफ्नो प्रयोगको लागि हाइटेन्सन ट्रान्समिसन पोल माथिबाट बिस्तार गरेको अप्टिकल फाइबर देशको आधुनिक टेलिकम्युनिकेशनको मेरुदण्ड भएको  देखाउन माथि प्रयोग भएको बिधि प्रयोग गरी सहज रुपमा बुझ्ने गरी प्रस्तुत गरेका छन्। 

मसिनो रेसादार सिसा बाट बनेका तार लाई अप्टिकल फाइबर भनिन्छ र लामो र सांगुरो परिपथमा डाटा प्रशारण गर्नको निम्ति लाईट पल्स प्रयोग गरिन्छ जुन प्रकाशको पूर्ण आन्तरिक पराबर्तनको नियममा आधारित छ। 

प्रकाशीय रेशा नै किन ? भन्ने जिज्ञासामा, प्रती सेकेण्ड ३ लाख किलोमिटरको गतिमा यात्रा गर्ने अहिले सम्मको यो नै सबैभन्दा छिटो भएकोले हो। अप्टिकल फाइबर उच्च डेटा ट्रान्सफर क्षमता, लामो दुरीसम्म कम हानी, सुरक्षित साथै विश्वसनीय र हल्का हुनाले आधुनिक टेलिकम्युनिकेशनमा अप्टिकल फाइबरको भूमिका हाल प्रयोगमा रहेको अत्याधुनिक दूरसञ्चारमा अपरिहार्य रहेको प्रस्तोता विद्यार्थीहरुले बताएका छन्।