कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन्। केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले जानकारी गराए।
छलफल ३ बजेबाट देउवा निवासमा हुनेछ।
कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ। महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गरेर समूहगत छलफलका लागि अगाडि बढ्दै छ।
विशेष महाधिवेशन अहिले खानाका लागि भनेर केही समयका लागि रोकिएको छ।




















